मन्त्रिपरिषद्काे निर्णयः सरकारकाे प्रवक्तामा सञ्चारमन्त्री रेखा शर्मा

न्भेष्टाेपेपर ।  माघ ५ २०७९

काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विभूषण प्रदान गर्ने मापदण्ड निर्माणका लागि समिति गठन गरेको छ ।

सरकारले विभूषण तथा पदक वितरणको मापदण्ड बनाउन समिति गठन गरेको जानकारी दिँदै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले भन्नुभयो, “विभूषणका सम्बन्धमा स्पष्ट मापदण्ड बनाएर त्यो विभूषण प्राप्त गर्नेले पनि गर्व बोध गरोस् र सरकारले राज्यले विभूषण प्रदान गर्दा पनि आफ्नो क्षेत्रका, आफ्नो विधाका सम्मानित व्यक्तित्वलाई दिने कुरा सुनिश्चित होस् भन्ने हिसाबले विभूषणका सम्बन्धमा अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ ।”

त्यसैगरी मन्त्रिपरिषद्ले विदेशी प्रतिनिधि भेट्नका लागि अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने पनि निर्णय गरेको छ ।

बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा डा देवराज अधिकारीलाई नियुक्त गर्नुका साथै सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवलाई ऊर्जामा र ऊर्जाका सचिवलाई भौतिक मन्त्रालयमा सरुवा गरेको छ ।

बैठकले सरकारको न्यूनतम कार्यक्रम र नीतिगत प्राथमिकतालाई कार्यान्वयनका निम्ति हरेक मन्त्रालयसँग सम्बन्धित विषयमा आवश्यक कार्ययोजना निर्माण गर्न सात दिनको समय प्रदान गरिएको उपप्रधानमन्त्री पौडेलले जानकारी दिनुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *