सभामुखको चुनाव आज, घिमिरे र न्यौपाने प्रतिस्पर्धामा

न्भेष्टाेपेपर ।  माघ ५ २०७९

काठमाण्डौ । प्रतिनिधिसभाको सभामुख पदका लागि आज चुनाव हुँदैछ । सत्तापक्ष र विपक्षी गठबन्धनबाट गरी दुईजनाको उम्मेदवारी परेको छ । 

सत्तागठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी गठबन्धनबाट कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले मनोनयन दर्ता गराउनु भएको छ । सभामुखको चुनावका लागि बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । 

सत्तागठबन्धनमा अहिले माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी छन् । यीमध्ये भागबन्डामा असन्तुष्ट जसपा सरकारमा गएको छैन  । रोजेको मन्त्रालय नपाउँदा जनमत पार्टी पनि असन्तुष्ट छ  ।

सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी भने प्रतिपक्षी बेन्चमै बसेको छ  । तीन सिट भएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सभामुखमा कसलाई समर्थन गर्ने भनेर आज बिहान निर्णय गर्ने बताउनु भएको छ ।

सरकारलाई विश्वासको मत दिएको, तर सहभागी नभएको लोसपाले पनि आज नै निर्णय गर्ने जनाएको छ । सरकारलाई विश्वासको मत नदिएका राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपामा प्रेम सुवालले बिहान नै निर्णय गर्ने बताएका छन् । 

संसदमा तीनजना स्वतन्त्र सांसद छन् । सभाध्यक्षको भूमिकामा रहेका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले मत हाल्नु हुने छैन । कुल २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ सदस्यको मत आवश्यक पर्नेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *