इन्दिरा राना प्रतिनिधि सभाको उपसभामुख निर्वाचित

न्भेष्टाेपेपर ।  माघ ७ २०७९

काठमाडौं ।  प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्दिरा राना मगर निर्वाचित हुनुभएको छ।

शनिबार बसेको प्रतिनिधि सभाको बैठकले सत्तारुढ दलको समर्थनमा उपसभामुख पदको उम्मेदवार बन्नुभएकी मगर १६६ मत ल्याएर निर्वाचित हुनुभएको हो। यसैगरी, उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका सांसद मुक्ताकुमारी यादवले ९७ मत प्राप्त गर्नुभएको छ।

प्रतिनिधि सभाको बहुमत मत ल्याएर रानामगर उपसभामुख पदमा निर्वाचित हुनुभएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभएको हो । प्रतिनिधि सभाको बैठकमा उपस्थित २६४ मध्ये एक जनाले मत दिनुभएको थिएन ।

रानामगरको प्रस्तावकमा सोविता गौतम र समर्थकमा कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राजेन्द्रप्रसाद लिङ्देन हुनुहुन्थ्याे । त्यस्तै यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे र समर्थकमा मेटमणि चौधरी र सर्वेन्द्रनाथ शुक्ला हुनुहुन्थ्याे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *