डाक्टर रमिल अधिकारीको गजल जिउने चाहना सार्वजनिक
इन्भेष्टाेपेपर । माघ ७ २०७९
काठमाडौँ । आफ्नो जन्मदिनको अवसर पारेर डाक्टर रमिल अधिकारीको शब्द सृजना रहेको जिउने चाहना बोलको गजल सार्वजनिक भएको छ।
गायक थानेश्वर गौतमको स्वर तथा संगीत रहेको छ भने भिडियोमा गीतकार स्वयम र नायिका केकी अधिकारीको अभिनय देख्न सकिन्छ। गजलमा दुई डाक्टरको रोमाञ्चक प्रेम कहानीलाई देखाइएको छ। जसमा नायिका केकी पनि डाक्टरकै भूमिकामा छिन्।
नरेन्द्र वियोगीको एरेन्ज रहेको गजलको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले सम्पादन गरेका हुन्। निर्देशक प्रकाश धितालको निर्देशन रहेको भिडियो गीतकार डाक्टर अधिकारीकै अफिसियल च्यानल रमिल क्रियशनबाट बजारमा आएको हो।
गीतकार पोखरेली युवा डाक्टर अधिकारी न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयको प्रमुख सल्लाहाकारका रुपमा कार्यरत छन्। न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयको कोभिड डिरेक्टोरिएटमा आवद्ध उनी नेपाल सरकारको तर्फबाट न्युजिल्याण्डका लागि पर्यटनदूतका रुपमा पनि कार्यरत छन्।
उनले नेपाल आएको मौकामा आफ्नो सृजनामा भिडियो बनाउँदै आएका छन्।
