बिचौलियाको काम गरेको अभियोगमा २ जना पक्राउ

न्भेष्टाेपेपर ।  माघ १५, २०७९

धनुषा । बिचौलियाको काम गरेको अभियोगमा मिथिला नगरपालिका-६ ढल्केवर बस्ने ५० वर्षीय मो. ताहिर दफाली सहित २ जनालाई जिल्ला प्रशासन कार्यालय धनुषाको गेट अगाडिबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा नागरिकता, राहदानी बनाउन आउने सेवाग्राहीहरुलाई सोही कार्यालयका कर्मचारीहरुसँग चिनाजान रहेको र काम छिटो गराइदिन्छु भनि प्रतिव्यक्ति २ देखि ३ हजारका दरले माग गरी बिचौलियाको काम गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी बिचौलियाको काम गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-११ बस्ने २८ वर्षीय प्रविन कुमार झा लाई जनकपुर उपमहानगरपालिका-१४ स्थित यातायात कार्यालयबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यातायात कार्यालयमा आएका सेवाग्राहीहरुलाई सोही कार्यालयका कर्मचारीहरुसँग चिनजान रहेको र काम छिटो छरितो गराई दिन्छु भनी सेवाग्राहीसँग ३ हजार ५ सय रूपैयाँ रकम लिदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *