रवि लामिछाने नेपाली नागरिकता लिन जिप्रका जाने, आजै गृहमन्त्रीको सपथ

न्भेष्टाेपेपर ।  माघ १५, २०७९

काठमाडौं । अनागरिक रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने तयारीमा हुनुहुन्छ ।

गृह मन्त्रालय उच्च स्रोतका अनुसार, उहाँले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गर्नुभएको हो ।

‘उहाँ आज विहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जानुहुन्छ भन्ने खबर आएको छ,’ गृह स्रोतले भन्यो, ‘प्रशासनबाट उहाँको हकमा नियमित प्रक्रियाबाट दिने हो कि कुनै कानूनी राय आवश्यक पर्छ भन्ने जिज्ञासा आएको थियो ।

आदेशमा नागरिकता लिने प्रक्रियाबारे थप केही नबोलेकाले नियमित प्रक्रियाबाट दिदा फरक पर्दैन भनेर समन्वय भएको छ ।’ नागरिकता लिएसँगै फेरि उहाँ गृहमन्त्री नियुक्त हुनुहुनेछ ।

मन्त्री पदमा फेरि सपथ लिनुहुनेछ । रवि विजयी भएको स्थानमा ६ महिना अघि नै निर्वाचन गराएर रविलाई फेरि राजनीतिमा ल्याउन सत्तारुढ दलहरु सहमत भएका छन् । अहिलेको संविधान अनुसार गैर सांसद नेपाली ६महिनासम्म मन्त्री बन्न पाउँछ ।

जिल्ला प्रशासनले सर्वोच्च अदालतको आदेशका कारण नागरिकता दिनुपर्ने हो कि भन्दै थप कानूनी राय र अरु प्रक्रिया आवश्यक पर्ने नपर्नेवारे जिज्ञासा राखेको थियो ।

प्रशासनले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम भरेर पेस गर्नुभनी समन्वय गरेको छ । गृह प्रशासन स्रोतले भन्यो, ‘उहाँले सम्भवतः केही घण्टामै नागरिकता पाउनु हुनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *