३० हजार नगद छुट सहित “याडिया एक्सचेन्ज मेला”काे घोषणा

न्भेष्टाेपेपर ।  माघ २७, २०७९

काठमाडौं । कुजु नेपाल प्रा. लि. नेपालका लागि याडिया ब्रान्डको ई-स्कुटरको आधिकारिक वितरकले ३०,००० नगद छुट सहित “याडिया एक्सचेन्ज मेला” घोषणा गरेको छ ।

विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको ब्रान्ड याडियाले यो अफर याडिया इलेक्ट्रिक स्कुटरका सबै मोडलहरूमा छोटो अवधिको लागि मान्यहुने गरि ल्यायेकोछ । यस अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक/स्कुटर ल्याउन र आकर्षक ३०,००० नगद छुट, ६.९९% ब्याजको साथ सजिलो इएमआई र एक वर्षको रोड ट्याक्स सहितको नयाँ याडिया इलेक्ट्रिक स्कुटर घरमा लिन सक्नेछन्। यो अफर एक्सचेन्ज नगरी याडिया इलेक्ट्रिक स्कुटरको खरिदमा पनि लागू हुनेछ।

नेपालमा उपलव्ध रहेको याडिया ब्राण्डको ई-स्कूर्टरहरुको मोडेल, मूल्य र दायरा यस प्रकार रहेका छन् :

  • C1S – रु. ३७०,०००/- (८० कि.मि. दायरा)
  • G5 – रु. ३५०,०००/- (८० कि.मि.  दायरा)
  • S-Like- रु २५५,०००/- (६० कि.मि. दायरा)

विश्व बजारमा याडियाको  ९० भन्दा बढी देशहरूमा ६ करोड  प्रयोगकर्ताहरूका साथै इलेक्ट्रिक मोटरसाइकल, मोपेड, साइकल र किक स्कूटरहरू सहित इलेक्ट्रिक दुई-पाङ्ग्रे सवारी साधनहरूको विकास र निर्माण गरि ३००० वितरकका साथै ४०,०००+ शोरुमहरु पनि रहेकाे कम्पनीले जनाएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *