सिरियामा भूकम्प पछि भग्नावशेषमै जन्मिएकी शिशुको जिम्मेवारी लिन हजारौँ इच्छुक

न्भेष्टाेपेपर ।  माघ २७, २०७९

सिरियामा भूकम्पले भत्काएको घरको भग्नावशेषमै जन्मिएकी शिशुको जिम्मेवारी लिन हजारौँले इच्छा देखाएका छन् । गएको सोमवार भूकम्पमा घर भत्किएपछि भग्नावशेषषमै जन्मिएकी शिशुको मङ्गलवार उद्धार भएको थियो । शिशुकी आमासहित परिवारका सबै सदस्यको ज्यान गएको छ । डाक्टरले शिशुको नाम आया राखिदिएका छन् ।

अरबी भाषामा आयाको अर्थ जादु अथवा अकल्पनीय भन्ने हुन्छ । उपचार गराइरहेकी आयालाई आफूले पाल्न चाहेको भनेर हजारौँले इच्छा देखाइरहेका बीबीसीले जनाएको छ । एक व्यक्तिले शिशुलाई ग्रहण गरेर उनलाई नयाँ जीवनको बाटो देखाउन चाहेको बताएका छन् ।

यस्तै, कुबेतमा टेलिभिजन कार्यक्रम चलाउने एक महिलाले कार्यक्रमबाटै यदि कानुनले दिने भएमा आफूले नै शिशु लिन चाहेको बताएकी खबरमा उल्लेख छ । शिशुको उपचार गराइरहेको अस्पतालका निर्देशक खालिद अतियाहले शिशुलाई जिम्मा लिनको लागि विभिन्न देशबाट दैनिक सयौँ फोन आइरहेको बताउनुभएको छ ।

आफ्नो शिशु पनि अहिले जम्मा ४ महिनाको भएको र श्रीमतीले नै आयालाई दूध खुवाइरहेको पनि निर्देशक अतियाहले बताउनुभएको छ । आया आफ्नै छोरी जस्तो लागेको उहाँको भनाइ छ । आया जन्मिएको भवनमा उनका आफन्तको अहिले पनि खोजी भइरहेको छ । गएको सोमवारको भूकम्पमा परेर अहिलेसम्म २१ हजार जनाको ज्यान गएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *