आइएमई जनरल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

न्भेष्टाेपेपर ।  चैत्र २३, २०७९

काठमाण्डाैँ । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको विशेष साधारण सभा चैत्र २२ गते बुधबार लैनचौर बैङक्वेट्स, लैनचौर, काठमाण्डौँमा सम्पन्न भयो ।

विशेष साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई हार्दिक स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराउनुभयो ।

सभामा अध्यक्ष ढकालले हालको बीमा बजार तथा सोमा नियमन निकायबाट चुक्ता पूँजी सम्बन्धी प्राप्त निर्देशनलाई मध्येनजर गरी आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसंग १ः१ काे अनुपातमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौता भई सोही बमोजिम आजको विशेष साधारण सभा बोलाइएको जानकारी गराउनुभयो ।

मर्जर पश्चात बन्ने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको अधिकृत पूँजी ५ अरब, चुक्ता पूँजी ३ अरब २ करोड ९३ लाख ३४ हजार ६ सय ३९, शाखा संजाल ८४, कर्मचारी संख्या ५१७ हुने, त्यसै गरी व्यवसाय करिब ४ अरब हुने जानकारी गराउनुभयो ।

नेपालमा रहेका २ उत्कृस्ट व्यवसायी घराना आइएमई ग्रुप र विशाल ग्रुप सम्मिलित कम्पनीले भविष्यमा उत्कृस्ट व्यवसाय हासिल गरी शेयरधनीहरुलाई उचित प्रतिफल प्रदान गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *