एमाले अध्यक्ष ओलीले आज संसदमा सम्बोधन गर्ने

न्भेष्टाेपेपर । जेठ ७, २०८०

काठमाण्डाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्नु हुने भएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएपछि ओलीले नीति तथा कार्यक्रमलगायतका विषयमा बोल्ने बुझिएको छ ।

सरकारले ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई निकास दिन नसक्ने ठहर गर्दै एमाले संसदीय दलले नीति तथा कार्यक्रम पारित गर्न नदिने निर्णय गरिसकेको छ ।

ओलीले आइतबार नीति तथा कार्यक्रमबारे एमालेको थप धारणा राख्ने बुझिएको छ । यस्तै,ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे पनि बोल्नसक्ने जनाइएको छ ।

शरणार्थी प्रकरण सतहमा आएपछि ओलीले संसद बैठकमै त्यस विषयमा विस्तृत रुपमा बोल्ने बताउनु भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *