दुवै खुट्टा गुमाएका बुढामगरद्वारा सगरमाथा आरोहण

न्भेष्टाेपेपर । जेठ ७, २०८०

काठमाडौँ ।  आत्मबल भए संसारमा असम्भव भन्ने कुरा नरहेको रोल्पाका हरि बुढामगरले साबित गरिदिनुभएको छ। घुँडामाथिसम्म दुवै खुट्टा गुमाउनुभएका पूर्वगोरखा सैनिकसमेत रहनुभएका बुढामगरले कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहयोगमा सर्वोच्व शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ। 

चैत २२ गते सगरमाथा आरोहणका लागि काठमाडौँबाट आधार शिविरतर्फ लाग्नुभएका उहाँले शुव्रmबार दिउँसो ३ बजे सगरमाथाको दक्षिणी मोहडाबाट सगरमाथा आरोहण गर्नुभएको हो।

शारीरिक अशक्त भएका व्यक्ति पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास आफूजस्तै अन्य साथीमा जगाउनका लागि आरोहणमा जानुभएका उहाँले घुँडामाथिसम्म खुट्टा गुमाएका पहिलो आरोहीका रूपमा विश्व कीर्तिमान कायम गर्नुभएको छ।

उहाँले चार जना सहयोगीको मद्दतमा आरोहण पूरा गर्नुभएको हो। पर्यटन विभागका अनुसार घुँडामुनि खुट्टा नभएका उहाँ तेस्रो आरोही हुनुहुन्छ। यसअघि चिनियाँ पर्वतारोही सिया बोयू र न्युजिल्यान्डका मार्क इङ्ग्लिसले तिब्बती मोहडाबाट सगरमाथाको आरोहण गर्नुभएको थियो।

बेलायती सेनामा कार्यरत रहेका बेलामा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाउनुभएका बुढामगर कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने र आधार शिविरबाट ‘स्काई ड्राइभिङ’ गर्ने पहिलो व्यक्तिसमेत हुनुहुन्छ। याे समाचार गाेरखापत्रमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *