भारतको ओडिशामा रेल दुर्घटना हुँदा २ सय ८८ जनाको मृत्यु

न्भेष्टाेपेपर । जेठ २०, २०८०

भारतको पूर्वी राज्य ओडिशामा शुक्रवार साँझ दुई यात्रुवाहक रेल र एक मालवाहक रेल ठोक्किँदा भएको दुर्घटनालाई चार दशकयताकै खराब मानिएको छ। ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सय ८८ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । त्यसपछि रेलको केही बग्गी लिकबाट पल्टिएका थिए । आडिशाका मुख्यसचिव प्रदीप जेनाका अनुसार दुर्घटनामा २ सय ३३ जनाको मृत्यु भएको छ भने करिब १ हवार जनाभन्दा धेरै घाइते भएका छन् ।

दुर्घटना शुक्रबार साँझ ७ बजेतिर बालासोर जिल्लाको बाहानागा बजारस्टेसननजिकै भएको बताइएको छ । भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् । मन्त्री वैष्णवले ट्वीटरमा ट्वीट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै उनले सरकारका तर्फबाट मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन्।

उनले उपचारका लागि गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने पनि घोषणा गरेका छन् । मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

प्रत्यक्षदर्शीहरूका अनुसार पल्टिएका रेलका बग्गीले यात्रु थिचिएका थिए । उद्धारका लागि घटनास्थलमा २०० भन्दा बढी एम्बुलेन्स र ५० भन्दा बढी बस परिचालन गर्नुका साथै दर्जनौँ चिकित्सक र नर्सहरूलाई घटनास्थल पठाइएको छ ।

उक्त दुर्घटनाको कारण हालसम्म स्पष्ट हुन सकेको छैन। यद्यपि भारतका एकजना केन्द्रीय मन्त्रीले दुर्घटनाको कारण प्राविधिक भएको बताएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ओडिशामा भएको घातक रेल दुर्घटनाका दोषीलाई “कडा सजाय दिइने” बताएका छन्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *