गर्मी बढ्दै – मौसमविद भन्छन पानी पर्ने सम्भावना तत्काल छैन

न्भेष्टाेपेपर । जेठ २५, २०८०

काठमाण्डाँ । देशका अधिकांश भूभागमा अझै केही दिन गर्मी बढ्ने र तराईमा तातो हावा (लु) चल्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार बिहीबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । 

यस्तै, बिहीबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघ–गर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *