जलवायु परिवर्तनको असर नेपालमा, गर्मी अझै बढ्ने

न्भेष्टाेपेपर । जेठ २६, २०८०

काठमाण्डौ । जलवायु परिवर्तनको असरले नेपालमा गर्मी  लगातार बढिरहेको मौसमविद्ले बताएका छन् ।जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् डाक्टर इन्दिरा कँडेलका अनुसार विश्वका अन्य देशमा जस्तै जलवायु परिवर्तनको असर बिस्तारै नेपालमा पनि देखिन थालेको बताउनुभयो ।जलवायु परिवर्तनले देशका अधिकांश भूभागमा तत्काल ठूलो वर्षाको सम्भावना नरहेकाले अझै केही दिन गर्मी बढ्ने यहाँले बताउनु भयो ।

एक हप्ताभन्दा लामो समयदेखि चलेको लू अझै चार दिनसम्म चल्ने मौमसविद्ले अनुमान गरेका छन्फाट्टफुट्ट वर्षाले तत्काललाई केही शीतल दिए पनि तापक्रम नघट्ने भएकाले गर्मी फेरि उस्तै हुने मौसमविद् कँडेलले बताउनुभयो । यसपालि मनसुन पनि ढिलो गरी भित्रिने सम्भावना रहेकाले गर्मीको अवधि लम्बिने उहाँको भनाइ छ ।

तराईका धेरैजसो ठाउँमा लगातार एक हप्तादेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस छ । यस्तो अवस्था अझै केही दिन रहने भएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

गर्मीका बिरामी बढ्दै 

तातो हावा लू का कारण तराई मधेसको जनजीवन प्रभावित भएको छ । धेरैजसो विद्यालय बन्द भएका छन् भने अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । अत्यधिक गर्मी र तातो हावा लू का कारण काठमाण्डौ उपत्यकासहित देशभरका अस्पतालमा झाडापखाला, झाडाबान्ता, ज्वरो, टाइफाइट, रुघाखोकीका बिरामी बढेका छन् । गर्मीका कारण धेरैजसोलाई टाउको दुख्ने समस्या देखिएको डाक्टरले बताएका छन् ।  

गर्मीमा खानेकुरा छिट्टै बिग्रने भएकाले खानपानमा ध्यान दिन पनि डाक्टरको सुझाव छ । गर्मीका बेला प्रशस्त शुद्ध पानी पिउन, बासी खानेकुरा नखान, सकेसम्म घाममा नहिँड्न, हिँड्नै परे छाता ओड्न, छहारी तथा शीतल ठाउँमा बस्न, पातलो कपडा लगाउन जनस्वास्थ्यविद् डाक्टर बाबुराम मरासिनीको सुझाव छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *