काठमाडौंका फिल्म हलहरूमा ‘आदिपुरुष’को प्रदर्शन स्थगित

न्भेष्टाेपेपर । असार १, २०८०

काठमाण्डाैँ । भारतीय फिल्म ‘आदिपुरुष’को काठमाडौं उपत्यकाका हलहरूले बिहानको प्रदर्शन रोकेका छन्।

फिल्ममा सीता भारतकी छोरी हुन्  भन्ने संवाद विवादित भएको भन्दै बिहीबार सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएको थिएन। विवादित शब्द म्युट गरे पनि उपत्यकामा हलहरूले बिहान प्रदर्शन रोकेका हुन्।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले भारतमा पनि सो विवादित शब्द नहटाए काठमाडौंमा हलहरूमा फिल्म चल्न नदिने चेतावनी दिएका थिए।

उपत्यका बाहिरका हलहरूमा भने फिल्म प्रदर्शनमा आएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *