घोराही सिमेन्टको आइपीओमा आवेदन दिने म्याद थपियाे

न्भेष्टाेपेपर । असार ४, २०८०

काठमाडौं । घोराही सिमेन्टले जेठ ३२ गतेबाट बिक्री सुरु गरेको आइपीओमा सर्वसाधारणले पर्याप्त आवेदन परेकाे भएता पनि म्याद थपिएकाे छ। अब ढिलोमा असार १४ गतेसम्म आवेदन दिन सकिने छ । 

कम्पनीले असार ४ गतेसम्म परेको आवेदन पर्याप्त भए पनि प्रमाणित हुने प्रक्रियामा रहेकाले म्याद थप गरेको जनाएको छ। असार ४ गतेसम्म ४ लाख ४५ हजार ८ सय ९० जना आवेदकबाट १ करोड ७२ लाख ५५ हजार २५० कित्ता सेयरका लागि आवेदन परिसकेको छ। 

घोराहीले सर्वसाधारणलाई १ सय रूपैयाँकाे सेयरलाई ३३५ रुपैयाँ प्रिमियम जाेडेर ४३५ रूपैयाँकाे दरले ६९ लाख ११ हजार ६७० कित्ता बिक्री खुलाएको छ। यसमा मागभन्दा साढे २ गुणा बढी आवेदन परिसकेको छ। कम्पनीले आरक्षित सेयर नबिकेपछि त्यसलाई पनि जोडेर सर्वसाधारणलाई बिक्री गर्दैछ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *