एकदिवसीय विश्वकप छनाैटकाे चरणबाटै बाहिरियाे नेपाल

न्भेष्टाेपेपर । असार ९, २०८०

काठमाडौं ।  नेपाल जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएको छ । हरारे स्पोर्ट्स क्लबको मैदानमा शनिबार भएको समूह ‘ए’ को जित्नै पर्ने अन्तिम खेलमा नेदरल्यान्ड्ससँग सात विकेटको हार खेपेपछि नेपाल विश्वकप छनोटको यात्रा समूह चरणमै सकिएको हो । 

नेपालको हारले समूह ‘ए’ बाट नेदरल्यान्ड्स, जिम्बावे र वेस्ट इन्डिज सुपर सिक्समा प्रवेश गरेका छन् । अमेरिका यसअघिनै बाहिरिसकेको छ । जितका लागि १ सय ६८ रनको लक्ष्य पछ्याएको जिम्बावेले २७.१ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

जिम्बावेका लागि म्याक्स ओडोडले सर्वाधिक ९० रन बनाए । यस्तै वास डी लिडेले अविजित ४१ र विक्रमजित सिंहले ३० रन बनाए । बलिङमा नेपालका सन्दीप लामिछानेले दुई र गुलसन झाले एक विकेट लिएका थिए । 

यसअघि टस हारेरपहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेटको क्षतिमा एक  सय ६७ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ३३ रन बनाए । ओपनर कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २७/२७, भीम सार्कीले २२, गुलसन झाले १५, दीपेन्द्रसिंह ऐरीले १४ र कुशल मल्लले १२ रन बनाए । आरिफ शेख ६, करण केसी एक र आशिफ शेख शून्य रनमा आउट भ्एका थिए । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *