हिमालय एअरलाइन्सद्वारा काठमाडौं-बेइजिङ उडान सुरु

न्भेष्टाेपेपर । असार ९, २०८०

काठमाडौं । शनिबारदेखि काठमाडौं–बेइजिङ सीधा हवाई उडान शुरु भएको छ । हिमालय एअरलाइन्सले काठमाडौं–बेइजिङ उडान शनिबारदेखि शुरु गरेको हो ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार बिहान ७ बजेर ४० मिनेटमा उडेको उडान नम्बर एच नाइन ६६५ विमान स्थानीय समयानुसार दिउँसो २ बजेर १५ मिनेट जाँदा बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हिमालय एअरलाइन्सले जनाएको छ ।

विमान स्थानीय समयानुसार दिउँसो ३ बजेर २५ मिनेटमा पुनः काठमाडौंका लागि उडेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *