सेगवेका ईलेक्ट्रिक स्कुटर अब शुन्य ब्याजदरमा उपलब्ध

न्भेष्टाेपेपर । साउन १९, २०८०

काठमाडौँ । आईहब प्रा.लि., टेक्नोलोजीमा अग्रणी र गतिशील कम्पनी र सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेताले, सेगवे इलेक्ट्रिक स्कुटरहरुको लागि ०% ब्याजदरमा फाइनान्सिङ सुविधा उपलब्ध गराई सबै सेगवेका ग्राहकहरुलाई सजिलो र पहुँचयोग्य बनाउन पाउँदा खुशी व्यक्त गरेको छ ।  

दिगो यातायात विकल्पहरूप्रति दृढ प्रतिबद्धताका साथ सेगवेको ०% फाइनान्सिङ सेवाले नेपालभरका व्यक्तिहरूलाई ५ लाख रुपैयाँसम्मको कर्जा रकममा ब्याजको बोझ नलिई आफ्नो रोजाईको विद्युतीय स्कुटरको स्वामित्वमा सशक्त बनाउने लक्ष्य राखेको छ । यो विशेष अफर सेगवेका सबै लोकप्रिय मोडेलहरू N१००, E१००, E११०L, र E१२५ मा उपलब्ध छ ।  जसले ग्राहकहरूहरुलाई छनौट गर्नका लागि अत्याधुनिक व्यक्तिगत गतिशीलता विकल्पहरूको विविध दायरा छ भनी सुनिश्चित गर्दछ । 

०% फाइनान्सिङ सेवा ग्राहकको सुविधालाई ध्यानमा राखेर डिजाइन गरिएको हो, जसले १८ महिनासम्मको सहज ईएमआई प्रदान गर्दछ । यो सेवाले ग्राहकहरुलाई सेगवे इलेक्ट्रिक स्कुटर खरिद र लगानीलाई रमाइलो र व्यावहारिक बनाएको छ र यसबाट सहज, किफायती स्वामित्व अनुभवको आनन्द लिन सक्नेछन् ।

ग्राहकको सन्तुष्टिको लागि आफ्नो समर्पणको एक भागको रूपमा, सेगवको स्कुटर खरीद गर्दा प्रत्येक स्कुटर प्याकेजमा हेलमेट, स्कूटर कभर, रेनकोट र एक वर्षको वार्षिक मर्मतसम्भार जस्ता अफर उपलब्ध गराएको छ ।

सेगवेमा, कम्पनीले आफ्ना ग्राहकहरूको विविध आवश्यकता र प्राथमिकताहरूलाई मान्यता दिएको छ । यो कुरालाई ध्यानमा राख्दै, सेगवेले आकर्षक एक्सचेन्ज अफर ल्याएको छ, जसमा ग्राहहरूले आफ्नो अव्यवस्थित स्कुटरहरूमा नयाँ सेगवे इलेक्ट्रिक स्कुटर खरिद गर्न पाउनेछन् । यो अवसर प्रत्येक ग्राहकको आम्दानीको स्रोतलाई ध्यानमा राखेर तयार पारिएको छ, उनीहरूले स्कूटरको स्वामित्वमा व्यक्तिगत, झन्झटमुक्त यात्राको  सुनिश्चिता पाउनेछन् ।

कम्पनीको एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, र तपाईको बजार लगायतका वित्तीय संस्थाहरूसँगको सहकार्यले आफ्ना ग्राहकहरूका लागि ०% फाइनान्सिङ सेवा सुविधालाइ वास्तविकता बनाएको छ । साथै उनीहरुले पर्यावरण मैत्री शहरी गतिशीलता प्रवद्र्धन र ग्रीनरी फ्युचर बनाउने साझा दृष्टिकोणमा योगदान पु¥याउने छन् भन्ने विश्वास कम्पनीले लिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *