संस्कृतिविद् प्रा.डा. गुरुङलाई मातृभूमि राष्ट्रिय सम्मान

न्भेष्टाेपेपर । भाद्र १२, २०८०

हेटौँडा   ।  मातृभूमि साहित्य समाज मकवानपुरले हरेक दुई वर्षमा प्रदान गर्दै आएको मातृभूमि राष्ट्रिय सम्मान २०८० बाट संस्कृतिविद् प्राडा जगमान गुरुङलाई प्रदान गर्ने भएको छ । 

नेपाल र नेपालीलाई चिनाउन महत्वपूर्ण योगदान पु-याउने व्यक्ति वा सङ्घ संस्थालाई प्रदान गर्दै आएको सम्मान नेपाल प्रज्ञा प्रतिष्ठानको पूर्वउपकुलपतिसमेत रहनुभएका गुरुङलाई आगामी असोज ६ गते हेटौँडामा आयोजना गरिने कार्यक्रममा समर्पण गर्ने निर्णय गरेको समाजले जनाएको छ । संस्थाले आफ्नै अक्षय कोषबाट स्थापना गरेको सम्मानको पुरस्कार राशि २५ हजार एक रुपियाँ रहेको छ । भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण एवं संवर्धनमा मकवानपुरमा क्रियाशील समाजले आफ्नो रजत वर्षैभरि विविध कार्यक्रम गरी मनाउने भएको छ । 

समाजका अध्यक्षमा माधव पोख्रेलले समाजका कार्यसमिति सदस्य किशन पौडेलले स्थापना गर्नुभएको ११ हजार १११ रुपियाँ राशिको मातृभूमि लघुकथा रत्न सम्मान २०७९ बाट वरिष्ठ लघु कथाकार डा. विदुर चालिसेद्वारा लिखित लघु कथालयलाई समर्पण गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *