आइएमई पे र कान्तिपुर सिनेमास् बिच सम्झौता

न्भेष्टाेपेपर । भाद्र १३ २०८०

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले कान्तिपुर सिनेमास्सँग एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको  सम्झौता गरेको छ । यो सम्झौता अन्तर्गत कान्तिपुर सिनेमास्को एप तथा वेबसाइटमा आइएमई पे एकमात्र भुक्तानी साझेदारका रुपमा हुनेछ । 

कान्तिपुर सिनेमास् एक ओ टी टी प्लेटफर्म OTT Platform हो, जहाँ विभिन्न चलचित्र तथा चलचित्रको श्रृंखलाहरुलाई streaming सेवा प्रदान गरिन्छ । आइएमई डिजिटल सोलुसनका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपानेले भदौ ५ गते सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।

‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास(लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *