एसिया कपः नेपाली क्रिकेट टीम पाकिस्तान विरुद्ध भिड्दै

न्भेष्टाेपेपर । भाद्र १३ २०८०

काठमाण्डाैँ । नेपाली क्रिकेट इतिहासमा आज सबैभन्दा महत्वपूर्ण दिन हो।  एसिया कपको डेब्यू खेलमा आज नेपालले विश्व  नम्बर वान टोली  एवं आयोजक पाकिस्तानसँग खेल्दैछ।  नेपाल र पाकिस्तानबीचको खेल मुल्तान क्रिकेट रंगशालामा नेपाली समय अनुसार अपरान्ह सवा ३ बजे सुरु हुनेछ। 

पहिलो पटक एसिया कप खेल्न लागेको नेपालले पहिलो खेलमै आयोजक तथा २ पटकको विजेता पाकिस्तानसँग खेल्न लागेको हो।  एसिया कप खेल्ने नेपालको सपना दशक अगाडिदेखि थियो। यो मौका सन् २००५ मा पनि जुरेको थियो। नेपाल छनोट भयो । तर कार्गिल युद्धको कारण त्यो संस्करण नै हुन सकेन।‌ 

मुल्तान मैदानमा वेस्ट इण्डिजसँग भएको ३ खेलको ओडिआई सिरिज पाकिस्तानले क्लिनस्विप गरेको थियो। घरेलु मैदान र समर्थकको साथमा अनुभवी खेलाडी रहेको पाकिस्तान नै बलियो स्थितिमा छ।

क्रिकेटमा नेपालभन्दा धेरै बलियो राष्ट्र हो पाकिस्तान। उसले एक दिवसीय विश्वकप, टी–२० विश्वकप र च्याम्पियन्स ट्रफी जस्ता प्रतियोगिताहरु जितिसकेको छ। भर्खरैमात्र पाकिस्तान एक दिवसीय क्रिकेटको विश्व वरियतामा एक नम्बरमा उक्लियो। अर्थात्, नेपाल विश्वको नम्बर एक क्रिकेट टीमविरुद्ध भिड्दैछ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *