महिला टी–२० क्रिकेटमा नेपालले भुटानलाई तीन विकेटले हरायो

न्भेष्टाेपेपर । भाद्र १७ २०८०

काठमाण्डाैँ । आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई तीन विकेटले हराएको छ । लगातार तेस्रो जितकासाथ नेपाल समूह ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ ।

जितको लागि नेपालले ४० रनको लक्ष्य पाएको थियो । यो लक्ष्य नेपालले १३ ओभर २ बलमा ७ विकेट गुमाउँदै भेट्टायो । नेपालका लागि कप्तान रुविना क्षेत्री १२ रनमा अविजित रहिन् । कविता जोशी ९ रनमा र सीता रानामगर रनमा ८ आउट भइन् ।

भुटानकी अन्जुली घलेले ३ तथा क्षिरिङ जांग्मोले २ विकेट लिइन् । त्यसअघि मलेसियाको बाङ्गीमा टस हारेर पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनाएको थियो भुटानका कप्तान डिन्चिन वान्ग्मोले २१ रन बनाउनुबाहेक अरुले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालका पूजा महतोले ३ तथा कविता कुँवर, खुसी डङ्गोल र कप्तान रुविना क्षेत्रीले समान एकरएक विकेट लिए । नेपालले यसअघि घरेलु टोली मलेसियालाई ५ रन र बहराइनलाई १० विकेटले हराएको थियो । नेपालले भोलि कतारसँग र समूह चरणको अन्तिम खेलमा १९ गते यूएईसँग खेल्नेछ ।

प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *