आदित्य-L1: भारतले सूर्यको अध्ययन गर्न यान पठायो

न्भेष्टाेपेपर । भाद्र १६ २०८०

भारतले सूर्यको अनुसन्धान गर्ने पहिलो अन्तरिक्ष अभियान प्रक्षेपण गरेको छ। आदित्य-L1 बोकेको रकेटलाई हेर्न दक्षिण भारतमा पर्ने श्रीहरिकोटास्थित अन्तरिक्ष यान प्रक्षेपणस्थलमा मानिसहरूको ठूलो भिड जम्मा भएको थियो।

चेन्नाईबाट १०० किलोमिटर उत्तरमा पर्ने उक्त स्थलबाट भारतीय समय अनुसार शनिवार बिहान ११ बजेर ५० मिनेट जाँदा उक्त रकेट प्रक्षेपण गरिएको छ। यस मिसनले अन्तरिक्षको मौसम के ले सञ्चालन गर्छ भन्नेबारे समेत अध्ययन गर्नेछ।

सौर्य आँधीको प्रक्रियाकाबारे समेत थप धेरै बुझ्ने प्रयास गर्नेछ, जो पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवीय क्षेत्रमा देखिने नोर्दर्न र सदर्न लाइट्स भनिने रङ् विरङ्गी उज्याला प्रकाशका दृश्यका साथै इलेक्ट्रोम्याग्नेटिक अवरोधका निम्ति समेत जिम्मेवार हुन्छन्।

गत साता भारत सफलतापूर्वक चन्द्रमामा अवतरण गर्ने चौथो देश बनेको थियो जहाँ यसअघि अमेरिका, रुस र चीन पुगेका छन्।

यस अन्तरिक्ष यान सूर्यको नजिकै भने जानेछैन। आदित्य-L1 पुग्नु पर्ने दूरी पृथ्वीबाट १५ लाख किलोमिटर छ जुन पृथ्वी र चन्द्रमा बीचको दूरीको चार गुणा हो।

तर त्यो सूर्य र पृथ्वी बीचको दूरीको झण्डै एक प्रतिशत मात्र हो। भारतीय अन्तरिक्ष निकाय इसरोले उक्त दूरी तय गर्नका लागि चार महिना लाग्ने जनाएको छ। पृथ्वीदेखि सूर्यको दूरी १५ करोड १० लाख किलोमिटर छ।

भारतीय अन्तरिक्ष यानले जम्मा सातवटा भारीहरू ‘पे लोड’ बोकेको छ जसले फोटोस्फेअर र क्रोमोस्फेअर भनिने सूर्यका सबैभन्दा बाहिरी भागको अनुगमन गर्नेछ।

भारतीय सरकारले सन् २०१९ मा यो परियोजनालाई स्वीकृत गरेको थियो। यसको लागत करिब ४ करोड ६० लाख अमेरिकी डलर लागेको जनाइएको छ।

भारतको अन्तरिक्ष निकायले यसका लागि वास्तविक रूपमा जम्मा कति लागत लाग्यो भन्ने यकिन विवरण सार्वजनिक गर्न बाँकी नै छ र यो अन्तरिक्ष यान पाँच वर्षभन्दा बढी समयका लागि अन्तरिक्षमा रहने गरी बनाइएको छ। (बीबीसीबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *