पूर्व सभामुख एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

न्भेष्टाेपेपर । भाद्र २६, २०८०

काठमाडौं । पूर्व सभामुख, प्रतिनिधि सभा सदस्य, संसदीय दलका उपनेता एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। मंगलबार राति १ बजे उहाँको हृदयघातबाट निधन भएको हो।

काठमाडौंको बालुवाटर बस्ने उहाँलाई आफ्नो निजी निवासमा गएराति हृदयघात भएपछि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। अस्पतालमा पुर्‍याउँदा उहाँको निधन भइसकेको अस्पताल स्रोतले जानकारी दियो।

नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्षरसभामुख हुनुहुन्थ्यो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली टिचिङ अस्पातलमा पुगिसक्नुभएकाे छ। इलाम क्षेत्र नं २ बाट निर्वाचित नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिनुभएकाे थियाे भने इलामबाटै २०५६ सालदेखि पाँच पटक सांसदमा विजयी भएकाे थियाे।

उनी २०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रिय सभाका सांसद हुनुहुन्थ्याे। २०६३ सालमा पहिलोपटक सभामुख बन्नुभएका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख हुनुहुन्थ्याे। पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बन्नुभएकाे नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो।

उहाँ २०५१ सालमा न्याय, कानुन तथा संसदीय मन्त्री तथा २०५६ सालमा लेखा समिति सभापतिकाे पदमा हुनुहुन्थ्याे। उहाँकै कार्यकालबाट संसदीय समितिमा पत्रकारलाई प्रवेश दिन सुरू भएको हो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *