राप्रपाले आज काठमाडौंमा बृहत् र्‍यालीसहित विरोध सभा गर्दै

न्भेष्टाेपेपर । भाद्र २७, २०८०

काठमाण्डाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा र्‍यालीसहित विरोध सभा गर्ने  भएको छ। र्‍याली मध्यान्ह सवा १२ बजे काठमाडौंको भृकुटी मण्डपबाट सुरु हुने रत्नपार्कमा पुगेर सभामा परिणत हुनेछ। विरोध सभामा अध्यक्ष राजेन्द्र  लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

केन्द्रीय कार्यालय धुम्बाराहीमा  गत आइतबार बसेको पदाधिकारी बैठकले काठमाडौंमा बृहत् विरोध सभा गर्ने निर्णय गरेको थियो। विरोध सभामा सहभागी हुन देशका विभिन्न ठाउँबाट मानिसहरु काठमाडौं आइरहेको राप्रपाले जनाएको छ।

गौहत्याको विरोध,  हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, महंगी तथा भ्रष्टाचारको अन्त्य र युवालाई स्वदेशमै रोजगारी नाराका साथ राप्रपाले विरोध सभा गर्न लागेको हो।  
देश  आर्थिक संकटमा परेका बेला सरकार उदासिन बनेको भन्दै सरकारलाई दबाब सिर्जना गर्न पार्टीले र्‍यालीसहित सभा गर्न लागेको प्रवक्ता श्रेष्ठको भनाइ छ। 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *