नेपाली सेना तातियाेः द्रुत मार्गमा चौबिसै घण्टा काम

न्भेष्टाेपेपर । भाद्र २७, २०८०

काठमाडौँ ।  काठमाडौँ–तराई द्रुत मार्ग (फास्ट ट्र्याक) निर्धारित समयमा पूरा गर्न नेपाली सेनाले चौबिसै घण्टा काम गर्ने तयारी गरेको छ। 

नेपाली सेनाले विशेष पत्रकार सम्मेलनमा २०८३ चैतभित्र आयोजना निर्माणको काम पूरा गर्न आवश्यक परे सेनाले दिन रात गरी तीन चरणमा काम गरिने जानकारी गराएको हो।

सो अवसरमा आयोजना प्रमुख नेपाली सेनाका उपरथी कमलविक्रम शाहले नेपाली सेनाले आफूलाई तोकिएको जिम्मेवारी निर्धारित समयभित्र पूरा गर्ने बताउनुभयो। शाहले भन्नुभयो, “हामी आयोजना समयमै निर्माण सम्पन्न गर्छौं, त्यसका लागि अवश्यक परे तीन चरणमा चौबिसै घण्टा काम गर्ने हाम्रो तयारी छ।” उहाँले आयोजनाको भौतिक प्रगति २६.१४ प्रतिशत र वित्तीय प्रगति २८.११ प्रतिशत रहेको जानकारी दिनुभयो।

काठमाडौँलाई तराईंसँग जोड्ने सबैभन्दा छोटो दुरीमा जोड्ने ७०.९७७ किलोमिटर द्रुत मार्ग कोरोना सङ्क्रमणका कारण मुलुकमा लकडाउन हुँदा निर्माण प्रभावित बनेको नेपाली सेनाको दाबी छ। यसै गरी आयोजना क्षेत्रको वातावरणीय मूल्याङ्कन प्रतिवेदन समयमा नआएका कारण आयोजनाको म्याद थप भई २०८३ चैत मसान्तसम्म थपिएको थियो। 

ललितपुरको खोकनाबाट बाराको निजगढ जोड्ने सडकको ९५ प्रतिशत काम ठेक्कापट्टा सम्पन्न भई निर्माण कार्य अघि बढेको सेनाले जनाएको छ। 

पहाडी क्षेत्रमा २५ मिटर चौडाइ र तराई क्षेत्रमा २७ मिटर चौडाइ रहेको द्रुत मार्गले ललितपुर, काठमाडौँ, मकवानपुर र बारा जिल्लालाई जोड्ने सडक मार्ग अन्तर्गत देवीचौर, सिसौटार, चन्द्रामभिर महादेव डाँडा, धेन्द्रे र लेनडाँडा गरी छ स्थानमा १०.०५५ किलोमिटर सुरुङ निर्माणका लागि काम अघि बढेको सेनाले जनाएको छ। त्यसै गरी आयोजना निर्माणका क्रममा ८९ वटा पुल निर्माण गर्ने प्रक्रियासमेत अघि बढेको सेनाले जनाएको छ। 

विसं २०७४ वैशाख २१ गते मन्त्रीपरिषद्को बैठकले सो दु्रत मार्ग निमार्णको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो। २०७४ साउन २७ गते सडक विभागमार्फत सेनालाई आयोजना निर्माण हस्तान्तरण भएको थियो। 

२०७६ भदौ १ गते आयोजनाको विस्तृत प्रतिवेदन स्वीकृत भएपछि सेनाले अन्तर्राष्ट्रिय परामर्शदाता कोरियाली कम्पनी एमएस योसिन जेभीसँग सम्झौता गरी निर्माण कार्य सुरु गरेको थियो। नेपाली सेनाले आयोजनालाई व्यवस्थित रूपमा तोकिएको समयमै निर्माण सम्पन्न गर्न ११ वटा क्लस्टर अन्तर्गत १३ वटा निर्माण प्याकेज तयार गरी काम अघि बढाएको छ। याे समाचार गनेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *