एशिया कप खेलेपछि नेपालको ब्याटिङ चर्चाकाे शिखरमा

न्भेष्टाेपेपर । असाेज ५, २०८०

काठमाण्डाैँ । एशिया कपमा नेपालले भारतविरुद्ध गरेको ब्याटिङको चर्चा अझै सेलाएको छैन। घरेलु टोली श्रीलङ्का फाइनलमा भारतसँग ५० रनको न्यून स्कोरमा खुम्चिएपछि नेपालको ब्याटिङबारेको चर्चा थप चुलिएको छ।

पहिलो पटक भारतसँग आमनेसामने भएको नेपालले उक्त खेलमा जोडेको २३० रन उक्त प्रतियोगितामा भारतविरुद्ध बनेको दोस्रो उच्च स्कोर थियो। ६ राष्ट्र सहभागी एशिया कपमा नेपालभन्दा बढी बाङ्ग्लादेशले मात्र भारतविरुद्ध २६५ रन जोड्न सकेको थियो।

खास गरी प्रतियोगितामा नेपालले भारतविरुद्ध गरेको ब्याटिङलाई लिएर तुलना भइरहेको छ।

अर्कोतर्फ पाकिस्तानसँगको खेलमा भारतले ३५६ रन बनाउँदा जबाफमा पाकिस्तानले १२८ रन मात्र जोड्न सकेको थियो। भारतविरुद्धकै अर्को खेलमा श्रीलङ्काले २१३ रन जोडेको थियो। दुवै टोलीले पूरा ओभर पनि खेल्न सकेनन्।

प्रतियोगितापछि एक भारतीय सञ्चारमाध्यमले एउटा हिन्दी चलचित्रको संवादको प्रसङ्ग निकालेर लेख्यो: ” ‘जिन्दगी लामो होइन, यादगार हुनुपर्छ’ भने जस्तै नेपालले थोरै खेल खेल्यो, तर एशिया कपमा यादगार छाप छोडेर गयो।”

विश्व वरीयतामा शीर्ष ३ मा रहेका मोहम्मद सिराज, मोहम्मद सामी र हार्दिक पान्ड्या जस्ता तीव्र गतिका बलर सामु नेपाली ब्याटरहरू मज्जासँग खेले। स्पिनरमा रवीन्द्र जडेजा र कुलदीप यादव जस्ता खेलाडीहरूको सामना गर्नु सजिलो विषय थिएन जसको सामना गर्न समेत नेपाली खेलाडीहरू कमजोर देखिएनन्।

कुशल भुर्तेल र आशिफ शेखले १० ओभरसम्म गरेको शानदार ‘सुरुवाती साझेदारी’बाट नेपाली ब्याटिङको सुखद सुरुआत भएको थियो भने अन्तिममा सोमपाल कामीले गज्जबसँग ब्याटिङ गरेका थिए। कुशल र आसिफले आरामदायी रूपमा खेल्दा एक समय लागेको थियो – नेपालको स्कोर ३०० माथि पुग्नेछ।

सिराजको बलमा नेपाली ब्याटरहरूले ६१ रन बनाए। जबकी पाकिस्तान र श्रीलङ्काका ब्याटरहरूले उनको बलमा क्रमश: २३ र २१ रन मात्र बनाउन सके।

नेपाली खेलाडीहरूले ‘शर्ट बल’ खेलेको तरिकालाई भारतीय पूर्व खेलाडी गौतम गम्भीरले “लामो समयपछि शर्ट बलमा एशियाली राष्ट्रले राम्रो खेलेको” भन्दै प्रतिक्रिया दिएका थिए।

परिस्थिति, मौसम, रङ्गशाला अनुसार क्रिकेटमा स्कोर तलमाथि भइरहने गर्छ। नेपालले भारतविरुद्ध खेलेको क्यान्डीको रङ्गशाला बलिङमैत्री मानिन्छ।

भारतले नेपाललाई कमजोर टीम ठान्दै हलुका रूपमा खेल्दा पनि नेपालले ठूलो स्कोर बनाउन सकेको कतिपयले टिप्पणी गरेको पाइन्छ।

नेपालले बलिङतर्फ पनि पाकिस्तानलाई ४० ओभरसम्म माझिएको टीम जसरी खेलेको धेरैको विश्लेषण रह्यो।

क्रिकेट प्रशिक्षक राजु बस्नेत भारतविरुद्धको नेपालको ब्याटिङलाई लोभलाग्दो नै मान्छन्। “जसले जे टिप्पणी गरे पनि भारतविरुद्धको ब्याटिङ उच्च स्तरकै हो,” उनी भन्छन्। “खेलाडीहरूले राम्रो मञ्च पाएको बेला त्यसको सही सदुपयोग गरेका हुन्। यसको जति प्रशंसा गरे पनि कम हुन्छ।”

— बीबीसीबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *