गजल : लेखुँ कसरी !

-- इश्वर न्याैपाने

दिन दहाडै रात परेको लेखुँ कसरी !
नशालु ॲाँखा तरेको लेखुँ कसरी !

खै के के हुन्छ तिमीलाइ देखेपछी !
नजिक नजिक सरेको लेखुँ कसरी !

सेक्न सकेन परेली तातो हावाले !
अंगअंग सिरीगं गरेको लेखुँ कसरी !

हेरेरै प्यास मेट्नु पर्छ आजभोली !
देख्दैमा र्याल झरेको लेखुँ कसरी !!

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *