समृद्ध नेपालका लागि महिला–पुरुष एकजुट हुनुपर्छ : उपप्रमुख डंगोल

न्भेष्टाेपेपर । असाेज ५, २०८०

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले महिला र पुरुष एकजुट भएर अघि बढे मात्र समृद्ध नेपाल, सुखि नेपालीको परिकल्पना यथार्थमा परिणत हुने बताउनुभएको छ । 

शुक्रवार अखिल नेपाल महिला संघ काठमाडौं महानगरपालिका कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उपप्रमुख डंगोलले एमालेले परिकल्पना गरेको सुखी नेपाली समृद्ध नेपाललाई यथार्थमा परिणत गर्न महिला र पुरुष एकजुट भएर अघि बढेमात्र सम्भव रहेको बताउनुभयो ।

महिला अघि बढ्नु भनेको पुरुषलाई पछाडि पार्नु नभएको भन्दै एक रथको दुई पाङ्ग्रा भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । पार्टीलाई सुदृढ बनाउने हो भने सक्षम युवालाई राजनीतिमा अघि सार्नुपर्ने उहाँको भनाइ छ । 

पार्टीका हरेक संगठनमा युवाहरुलाई तयार पार्दै लैजानुपर्ने बताउनुभयो । उहाँले राजनीतिमा आउने युवाहरुले पेशालाई पनि सँगसँगै जोड्दै लैजानुपर्ने बताउनुभयो । उहाँले पार्टीको महत्व झल्काउने काम गर्न डटेर लाग्नुपर्ने आवश्यकता रहेको चर्चा गर्नुभयो । (गाेरखापत्रबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *