भारतको मणिपुर फेरि तनावग्रस्त

न्भेष्टाेपेपर । असाेज १०, २०८०

काठमाण्डौ । भारतको मणिपुर फेरि तनावग्रस्त बनेको छ । गएराति आन्दोलनमा रहेका विद्यार्थी र सुरक्षाकर्मीबीच झडप हुँदा ४५ जना घाइते भएका छन् । हिंसा प्रभावित क्षेत्र इंफाल घाटीमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

मणिपुरमा गएको जुलाई ६ तारिख अर्थात असार २१ गते दुई जना छात्रको हत्या भएको थियो । यसको विरोधमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् । हिंसा भड्किए पछि मणिपुर सरकारले आज विद्यालय बन्द गरेको छ । यस्तै, अफवाह फैलिन नदिन इन्टरनेट सेवा समेत पाँच दिनका लागि बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि गएको मे महिनामा मणिपुरमा जातिय हिंसा भड्किएको थियो । जातिय हिंसामा परेर १ सय ७५ जना भन्दा धेरैको ज्यान गएको थियो । त्यतिबेला बन्द गरिएको इन्टरनेट सेवा गएको ६ गते खुलाइएको थियो ।  (एजेन्सी)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *