मोबाइल स्लो भएमा के गर्ने ?

न्भेष्टाेपेपर । असाेज १०, २०८०

मोबाइल हाम्रा लागि अत्यावश्यक भइसक्यो । त्यसैले यसलाई चुस्त राख्न जरुरी छ । तर कहिलेकाँही स्मार्टफोन ह्याङ भएर मानिसहरू चिन्तित भइरहेका हुन्छन् । केही उपाय लगाएर यसलाई तेज बनाउन सकिन्छ । 

फोनमा स्टोरेजलाई ध्यानमा राखेर एप्स इन्स्टल गर्नुपर्ने हुन्छ । धेरै एप्स डाउनलोड गर्दा स्लो भएको हुन सक्छ । त्यसैले पहिले तपाईंले कुन–कुन एप्स प्रयोग गरिरहनुभएको छ भनेर हेर्नुस् । आवश्यक एप्सलाई राखेर अनावश्यक एप्स अनइन्स्टल गर्न सकिन्छ । तर, केही त्यस्ता एप्स पनि हुन्छन्, जो तपाईंले स्मार्टफोन किन्नुअघि नै त्यहाँ लोड हुन्छन् । त्यस्ता एप्स तपाईंले चाहेर पनि हट्दैनन् । ती एप्सलाई डिसेबल भने गर्न सकिन्छ । 

जुन एप्लिकेसनलाई बारम्बार प्रयोगमा ल्याइन्छ, त्यसका क्याचीहरू एकत्रित हुन थाल्छ । स्मार्टफोन स्लो हुनुको एउटा मुख्य कारण यो पनि हुन सक्छ । जुन एप तपाईंले सबैभन्दा धेरै प्रयोग गरिरहनुभएको छ, त्यसको ‘क्याची’ नियमित रूपमा डिलिट गर्न पनि जरुरी छ । क्याची हटाउनका लागि सबैभन्दा पहिले सेटिङभित्र एप्समा जानुहोस् । त्यहाँ ती एपहरूमा क्लिक गर्नुस्, जसको क्याची क्लियर गर्नुछ । यसपछि ‘क्लियर क्याची’ विकल्पमा क्लिक गर्नुस् । 

तपाईंको स्मार्टफोन चुस्त हुनका लागि कुल इनबिल्ट स्टोरेजको १० देखि २० प्रतिशत उपलब्ध हुनुपर्छ । जब तपाईंको फोनको स्टोरेज समाप्त हुन थाल्छ, तब फोन सुस्त हुन्छ । त्यसैले इन्टरनल स्टोरेजमा रहेका तस्बिर, गीत तथा भिडियो फाइललाई मेमोरी कार्डमा ट्रान्सफर गर्नुपर्छ । 

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *