सिटिजन्स बैंक र गुरु ट्राभल्सबीच समझदारी

न्भेष्टाेपेपर । असाेज १७, २०८०

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको दरबारमार्गस्थित गुरु ट्राभल्स लिमिटेडबीच बैंकका ग्राहकलाई छूट दिने समझदारी भएको छ ।

सो समझदारीपश्चात् बैंकका कार्डवाहक ग्राहकले गुरु ट्राभल्समार्फत विभिन्न अन्तरराष्ट्रिय भ्रमण प्याकेज लिँदा रू. १० हजारसम्मको छूट पाउनेछन् । साथै ट्राभल्सको सिफारिशमा डलर/ट्राभल्स कार्ड बनाउन आउने ग्राहकलाई बैंकले कार्ड जारी शुल्कमा छूट दिने भएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ ।

डिजिटल बैंकिङको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बैंकले बताएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *