लेउबाट निस्किएको उज्यालो जसका कारण समुद्र राति नीलाम्मे देखिन्छ

न्भेष्टाेपेपर । असाेज १७, २०८०

संयुक्त राज्य अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा समुद्रमा राति देखिने नीलो प्रकाश हेर्न मानिसहरूको घुइँचो लाग्ने गरेको छ।

‘बायोलूमिनेसन्स’ अर्थात् ‘जैविक सन्दीप्ति’ भनिने प्राकृतिक परिघटनामा जीवित प्राणी वा वनस्पतिबाट प्रकाश निस्किन्छ। यहाँ फाइटोप्ल्याङ्कटन भनिने समुद्री एल्गी अर्थात् लेउबाट उज्यालो निस्किएको हो।

दिउँसाे फाइटोप्ल्याङ्कटन भनिने समुद्री एल्गी अर्थात् लेउले पानीलाइ राताे बनाईदिन्छन तर राती हलचल भयाे भने तिनीहरूबाट नीलाे चमक निस्कन्छ । एल्गीलाई न्यानाे मन र शान्त अवस्था निकै मन पर्छ ।

स्क्रिप्स इन्स्टिट्यूट अफ ओशनोग्रफीसँग आबद्ध विज्ञ ड्रू लुकासले सीबीसी न्यूजलाई बताएअनुसार न्यानो र शान्त पानीमा यो एल्गी मौलाउँछ। केही सातादेखि दक्षिणी क्यालिफोर्नियासँग जोडिएको समुद्रमा त्यस्तो अवस्था उत्पन्न भएको छ। (बीबीसीबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *