बैंकका ग्राहकहरुलाई लिफान इभि स्कुटर खरिदमा विशेष छुट

 इन्भेष्टाेपेपर । असाेज २५ २०८०

काठमाण्डाैँ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन नागपोखरीमा मुख्य सोरुम रहेको नेपालको लागि लिफान इलेक्ट्रीक स्कुटरको आधिकारिक विक्रेता “पिनाकल मोटोराड प्रा. लि ” सँग लिफान नेपालको इभि स्कुटरहरुको खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका कर्मचारीहरु र ग्राहकहरुले पिनाकल मोटोराडको नागपोखरी र भरतपूरमा रहेको शाखाबाट लिफान नेपालको विभिन्न मोडलका इभि स्कुटरहरुको खरिदमा विशेष क्यास छुट र एक्सेन्जमा समेत छुट प्राप्त गर्न सक्नेछन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *