मनाङ एअरकाे हेलिकप्टर दुर्घटना, घाइते पाइलटलाई काठमाण्डाै पठाइयाे

न्भेष्टाेपेपर । असाेज २७ २०८०

काठमाण्डाैँ । मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लाेबुचेमा दुर्घटना भएको छ । हेलिकप्टर दुर्घटना हुँदा पाइलट प्रकाश सेढाईँ घाइते हुनुभएको छ ।

बिहान लुक्लाबाट पर्यटक लिन लाेबुचे उडेको मनाङ एअरको नाइन एनएनजे कलसाइन भएको हेलिकप्टर लाेबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो । प्रत्यक्षदर्शी मिङ्मार नुरु शेर्पाका अनुसार बिहान ७ बजेर २५ मिनेटमा हेलिप्याडमै हेलिकप्टर दुर्घटना भएको हो ।

हेलिकप्टरमा पाइलट सेढाईं मात्रै रहनुभएकाे सीमा प्रशासन कार्यालय नाम्चेका प्रमुख सुजन कुमारी बर्देवाले जानकारी दिनुभयो । घाइते पाइलटलाई फिस्टेल एअरको हेलिकप्टरमार्फत् उपचारका लागि काठमाण्डौको हेम्स अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले बताउनुभयो ।

४ हजार ९ सय मिटरको उचाइमा रहेको हेलिप्याडमा अवतरणका क्रममा दुर्घटना भएको हेलिकप्टरमा आगो लागेको देखिएको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताउनुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *