कामना सेवा विकास बैंक नेपाल पेमेण्ट सोलुसनबीच सम्झौता

न्भेष्टाेपेपर । कात्तिक २, २०८०

काठमाडौं । कामना सेवा विकास बैंक र भुक्तानी प्रणाली सेवा प्रदायक नेपाल पेमेण्ट सोलुसनबीच अन्तरबैंक रकमान्तरसम्बन्धी सम्झौता सम्पन्न भएको छ । यस सम्झौतासँगै बैंक र नेपाल पेमेण्टले नयाँ योजनाको शुरुआत गरेको छ ।

उक्त सम्झौता बमोजिम बैंकका मोबाइल बैँकिङ प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ एपभित्र रहेको इन्स्टा फण्ड ट्रान्सफरमार्फत अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकम रकमान्तर गर्दा सेवा शुल्कवापत रू. १ लाग्ने बताइएको छ ।

कात्तिक १ गतेदेखि शुरू भएको यो योजना पुस मसान्तसम्म लागू हुने बैंकले जानकारी दिएको छ । बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ शाखा, ७७ एटीएम बुथ तथा अन्य शाखारहित बैंकिङ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *