नेपालमा पश्चिमी वायुको प्रभाव, केही स्थानमा हल्का वर्षाको सम्भावना

इन्भेष्टाेपेपर । मंसिर २७, २०८०

काठमाण्डाैँ । पश्चिमी वायुको प्रभावको कारण यतिबेला देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलीको अवस्था छ। 

आज (बुधबार) कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

त्यसैगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा आज हल्का हिमपातकोसमेत सम्भावना छ। आज तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। जसको कारण तराई मधेशका जिल्लामा चिसो बढेको छ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ। तराईका भू-भागमा भने दिउँसो मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। 

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना छ। वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *