सर्वसाधारणका लागि हिमालयन रिइन्स्योरेन्सको आईपीओकाे विक्री खुला

न्भेष्टाेपेपर । मंसिर २७, २०८०

काठमाडौं । पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि प्रिमियम मूल्य समेत जोडेर आजदेखि (मंसिर-२७) आईपीओकाे विक्री खुला गरेकाे छ ।

सर्वसाधारणमा आफ्नो जारी पूँजी १० अर्ब रूपैयाँको ३० प्रतिशतका दरले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत् १०६ रूपैयाँ थप गरी प्रतिकित्ता २०६ रूपैयाँमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न अनुमति पाएको हो ।

सर्वसाधारणमा विक्री गरिने कुल कित्ता आईपीओ मध्ये १० प्रतिशत दरको ३० लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकिएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरी बाँकी रहेको २ करोड ७० लाख कित्ता शेयरमध्ये ६ लाख कित्ता कम्पनीका कर्मचारीहरूका लागि र १५ लाख कित्ता सामूहिक लगानीकोषका लागि समेत बाँडफाँट गरिसकेको जानकारी कम्पनीले दिएको छ । अब बाँकी रहेको २ करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको हो ।

यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयसँगै मेरो शेयर अनलाईन मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

सर्वसाधारण लगानीकर्ताले यो आईपीओ खरीदका लागि छिटोमा पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा पुस ११ गतेसम्म विक्री लम्बिनेछ । आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *