साविक विजेता काठमाडौँ रेजर्सलाई हराउँदै ललितपुर सिटी दोस्रो क्वालिफायर

न्भेष्टाेपेपर । पुस १०, २०८०

काठमाडौँ ।  साविक विजेता काठमाडौँ रेजर्सलाई हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । 

दशरथ रङ्गशालामा मङ्गलबार भएको इलिमिनेटर खेलमा ललितपुरले काठमाडौं रेजर्सलाई ३–० गोलले हरायो। एकपक्षीय खेलमा ललितपुरलाई जिताउन इमु इजिकेलले दुई गोल गर्नुभयो । अर्को गोल पापा इबु केबेले गर्नुभयो । 

ललितपुरले अब फाइनल प्रवेशका लागि पोखरा थन्डर्ससँग बिहीबार खेल्नेछ । फाइनलका लागि धनगढी एफसी यसअघि नै प्रबेश गरिसकेकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *