अरुण भ्याली हाइड्रोपावरको २६औं बार्षिक साधारणसभा सम्पन्न

न्भेष्टाेपेपर । माघ १, २०८०

काठमाण्डाैँ । अरुण भ्याली हाइड्रोपावरको २६ औं बार्षिक साधारणसभा पुष २९ गते कम्पनीका अध्यक्ष जीवन राज शाक्यको अध्यक्षतामा सम्पन्न भएको छ ।  काठमाडौंको नयाँ बानेश्वरमा रहेको इन्द्रेणी कम्प्लेक्स सम्पन्न साधारण सभाले आ.ब. २०७९/८० को प्रयोजनको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ।

यस कम्पनीले कोशी प्रदेशको संखुवासभा जिल्लामा बहने पिलुवाखोलामा निर्माण गरिएको ३.० मेगावाट क्षमताको पिलुवाखोला साना जलविद्युत आयोजना कम्पनीले निर्माण गरेको पहिलो आयोजना हो। यस आयोजनले विक्रम सम्वत् २०६० साल आश्विन १ गतेदेखि व्यवसायिक उत्पादन गरिरहेको छ । यस आयोजनाबाट उत्पादित विद्युतले नेपालका पूर्वी पहाडी जिल्लाहरुलाई लोडसेडिङ्ग मुक्त बनाउन ठुलो योगदान गरि रहेको छ।

त्यसै गरि यस कम्पनीले ताप्लेजुङ्ग, पाँचथर सिमाना भएर बहने काबेली खोलामा ९.९४ मेगोवाट क्षमता भएको काबेली बी-१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि २०७८ साल चैत्र १२  गते देखि  व्यवसायिक उत्पादन सुरु गरेको छ ।

जलविद्युत आयोजनाहरुको विकास र निर्माण गर्दै जाने कम्पनीको उद्धेश्य रहेको र हाल कम्पनीसँग निर्माण आयोजना नरहेकोले कम्पनीले साहायक कम्पनी मार्फत आयोजना निर्माण गर्ने निर्णय गरि पिके हाइड्रोपावर लिमिटे मा ५१ प्रतिशत  संस्थापक सेयरमा लगानी गरि ओखलढुङ्गा र रामेछाप जिल्ला भएर बहने लिखु खोलामा ३० मे.वा. क्षमताको लिखु खोला जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गरेको छ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई हकप्रद निष्काशनका लागि अघि बढेको छ। बोर्डले भखरै मात्र अरुण भ्यालीलाई १:१ को अनुपातमा शत प्रतिशत हकप्रद सेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

अरुण भ्यालीले १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता बराबरको सेयर निष्काशन गर्ने छ । सेयर निष्काशनको काम मुक्तिनाथ क्यापिटलले गरिरहेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *