पेट्रोल र डिजेलको मूल्य एक–एक रुपैयाँ घट्यो

न्भेष्टाेपेपर । माघ २, २०८०

काठमाण्डाैँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक–एक रुपैयाँ घटाएको हो । इन्डियन आयल कर्पोरेसनबाट  हिजो मूल्य घटेर आएपछि निगमले मूल्य घटाएको हो ।

भारतबाट पेट्रोल प्रतिलिटर १ रुपैयाँ २६ पैसा र डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर ८३ पैसा घटेर आएकाले यही आधारमा मूल्य समायोजन गरी १ रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६३ रुपैयाँ ५० पैसा र डिजेलको मूल्य १ सय ५३ रुपैयाँ ५० पैसा कायम भएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६५ र डिजेलको मूल्य १ सय ५५ रुपैयाँ कायम भएको छ । यस्तै, तेस्रो वर्गअन्तर्गत काठमाण्डाै, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६६ र डिजेलको मूल्य १ सय ५६ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

यसअघिको ग्यासको मूल्य भने प्रतिसिलिण्डर १८ सय ९५ रुपैयाँ नै रहेकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *