लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

न्भेष्टाेपेपर । चैत्र २४, २०८०

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् ।प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२0 अनुसार महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

माओवादी संसदीय दलका नेता महराले शुक्रबार मात्र बहुमत (४४) सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै प्रदेशमा पनि अल्पमतमा परेका निवर्तमान मुख्यमन्त्री डिल्ली चौधरीले बहुमत जुटाउन नसकेपछि बिहीबार राजनीमा दिएका थिए ।

लगतै प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।लुम्बिनीमा माओवादी केन्द्रका १० प्रदेश सदस्य छन् । गठबन्धनमा भएको भागबन्डाअनुसार महरालाई एमाले (२९), जसपा ३, एकीकृत समाजवादी १ र स्वतन्त्र सांसद खड्ग बस्नेतले समर्थन गरेका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *