सदनकाे अवराेध हटाउन सभामुख द्वारा प्रधानमन्त्रीसहित चार दलका शीर्ष नेताबीच छलफल

न्भेष्टाेपेपर । चैत्र २६, २०८०

काठमाण्डाैँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाउनु भएकाे छ।

सभामुखले आज दिउँसाे  २ बजे प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाउनु भएकाे हाे । यसअघि विहान  १० बजेलाई बैठक बाेलाइएकाे थियाे ।  उक्त समय सरेर  २ बजेलाई बाेलाइएकाे सचिवालयले जनाएकाे  छ ।  बैठक सभामुखको कार्यकक्ष सिंहदरवारमा हुनेछ ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले सदनमा निरन्तर गृहमन्त्रीको सहकारी संलग्नता सम्बन्धमा संसदीय छानबिन समिति माग गरेको र चैत २७ देखि बैठक नै अबरुद्ध गर्ने चेतावनी दिएपछि सभामुखले बैठक बोलाएको सचिवालयले जनाएको छ ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सहकारीको रकम अपचलन गरेको आरोपमा कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।

यसअघि अघिल्लो संसद् बैठकमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आउँदो संसद बैठकमा सरकार छानबिन समितिसहित नआए संसद् बैठक चल्न नदिने भनी अल्टिमेटम दिनुभएकाे थियाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *