राष्ट्रिय सभा उपाध्यक्षमा घिमिरे निर्वाचित

न्भेष्टाेपेपर । चैत्र २८, २०८०

काठमाडौं ।  राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (एमाले) का सांसद विमला घिमिरे निर्वाचित हुनुभएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उहाँलाई उपाध्यक्षमा निर्वाचित भएको घोषणा गर्नुभयो । 

उपाध्यक्ष घिमिरेको पक्षमा ३९ मत र विपक्षमा १६ मत खसेको थियाे । उहाँको पक्षमा बहुमत मत परेको भन्दै अध्यक्ष दाहालले निर्वाचित भएको घोषणा गर्नुभयो । राष्ट्रिय सभामा कुल ५९ जना सांसद मध्ये बैठकमा ५५ सांसदको उपस्थिति रहेको थियाे । 

नेपाली काँग्रेसकी सांसद विष्णुदेवी पुडासैनीकाे पक्षमा १६ मत परेको थियो ।  

यसअघि माओवादी केन्द्रका सांसद उर्मिला अर्याल उपाध्यक्ष रहनुभएको थियो । उहाँले राजनीतिक सहमतिअनुसार पदबाट राजीनामा दिनुभएपछि सो पदमा आज पुनः निर्वाचन भएको हो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *