कुमारी क्यापिटल र हिमाल वाटर पार्क भिलेज होटलबीच सम्झौता

न्भेष्टाेपेपर । जेठ १७, २०८१

काठमाण्डाैँ । कुमारी क्यापिटल लिमिटेडले “Way to Listing” सेवा अन्तर्गत हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडलाइ आइपिओ जारी गरि सूचिकरणको चरणसम्म पु¥याउन आवश्यक सम्पुर्ण परामर्श सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएकाे छ ।

यस सम्झौतामा हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडका तर्फबाट सञ्चालक सुनिल कुमार खेतान तथा कुमारी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

नेपालको पर्यटन विकासमा टेवा पु¥याई बैदेशिक मुद्राको संचितलाई समेत बढावा दिने उद्देश्यले हिमाल वाटर पार्क एण्ड भिलेज होटल प्रा.लि.भारतीय चेन होटल क्लार्क रिसोर्टको फ्रेन्चाइज अन्तर्गत रहि सञ्चालन भइरहेको छ । सम्बन्धित निकायबाट चार तारेको अनुमति प्राप्त गरि यो होटल सञ्चालनमा रहेको छ ।

वहुवरी­-१४, विरगञ्ज महानगरपालिकामा अवस्थित यस होटलले विभिन्न प्रकारका ६० वटा सुविधा सम्पन्न कोठाहरुका साथै जिम, क्यासिनो, स्विमिङ पुल, ब्याङ्क्विट् हल आदि सहित आरामदायी आवास, आधुनिक सुविधाहरू र न्यानो आतिथ्यताको साथ सेवा प्रदान गर्दै आइरहेको छ ।

भारतिय पर्यटकहरुलाई समेत लक्षित गरि विभिन्न व्यावसायिक योजनाहरु मार्फत आतिथ्यता प्रदान गर्दै आइरहेको छ । क्लार्क रिसोर्टले हाल भारतको जयपुर, लखनउ र आगरा सहित विभिन्न स्थानमा धेरै होटलहरू सञ्चालन गरिरहेको छ । भविष्यमा कम्पनीले सम्बन्धित निकायबाट अनुमति लिई चार तारेबाट स्तरोन्नति गरि पाँच तारे होटलमा रुपान्तरण गर्ने योजना समेत रहेको जनाइएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *