नयाँ सत्ता समिकरणकाे खवरसंगै शेयर बजारमा दाेहाेराे अङ्ककाे बृद्धी

न्भेष्टाेपेपर । असार १८, २०८१

काठमाण्डाैँ । नयाँ सत्ता समिकरणकाे प्रभावसंगै शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से ४७ दशमलव ०४ अङ्कले बढेर २१ सय दशमलव ४३ विन्दुमा पुगेको छ । सत्ता समीकरण परिवर्तन हुने भएसँगै त्यसको प्रभाव शेयर बजारमा देखिएको हो ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, व्यापार, विकास बैंक, माइक्रोफाइनान्स, होटल, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज कारोबार रकम पनि बढेको छ । हिजो झन्डै ३ अर्बको कारोबार भएकोमा आज ३ सय १५ वटा कम्पनीका १ करोड १६ लाख कित्ता शेयर ४ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ । यसअघि आज दुई पटक सकारात्मक सर्किट ब्रेक लागेर कारोबार केही समयका लागि रोकिएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *