महत्वपूर्ण मुद्दाको सम्बोधनार्थ एमाले-काँग्रेससहितको राष्ट्रिय सहमतिको सरकार : काँग्रेस

न्भेष्टाेपेपर । असार १८, २०८१

काठमाडौँ । नेपाली काँग्रेसले संविधान संशोधनसहित देशका महत्वपूर्ण मुद्दाको सम्बोधन गर्नका लागि काँग्रेस र नेकपा एमालेको सहमतिमा राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुने बताएको छ । 

मंगलवार काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताउनुभएको हो । उहाँले संविधानसहितका मुद्दाहरुलाई केन्द्रित गरेर सरकार निर्माणमा सहभागी भएको बताउनु भयो ।

उहाँले आम नागरिकका समस्यालाई केन्द्रमा राखेर नेकपा एमालेसँग सरकार बनाउने सहमति भएको बताउनु भयो । उहाँले अस्थिरताका कारण आर्थिक स्थिति सुध्रिन अफ्ठ्यारो भएको, सुशासन सुनिश्चित गर्न अफ्ठ्यारो भएकाले पनि दुई ठूला दलहरुको सरकार आवश्यक रहेको बताउनु भयो ।

उहाँले दुई दलको बीचमा सरकार निर्माण गर्न अघि बढ्ने र आवश्यकताअनुसार अरु दललाई पनि समेट्ने गरी राष्ट्रिय सहमतिको सरकारको नाम दिइएको बताउनु भयो । सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष ओली र काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले आलोपालो निर्वाचनसम्म नेतृत्व गर्ने आधारमा मोटामोटी समझदारी भएको बताउनु भयो । समझदारीलाई अन्तिम रुप दिन पार्टीको केन्द्रिय कार्यसम्पादन समितिले निर्णय गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देशको महत्वपूर्ण मुद्दाहरु छन् । संविधानको विषय छ । यि तमाम मुद्दालाई केन्द्रित गरेर मात्रै हामी सरकार निर्माणमा संलग्न हुन्छाँै । खालि सत्तामा जानका लागि मात्रै हामी समझदारी गर्दैनौँ भनेका थियौँ । अन्तत्व गत्वा महत्वपूर्ण मुद्दालाई आम जनताको चासो र चिन्ताको विषय छ, सरोकारको विषय छ, त्यसलाई केन्द्रबिन्दुमा राखेर एउटा समझदारी एमाले पार्टीसँग भएको छ । त्यो समझदारीमा मुलभुत रुपमा स्थायित्वको जुन समस्या छ, आम जनता पनि त्यसबाट चिन्तित छन् । त्यसले आर्थिक स्थिति सुध्रिन अफ्ठ्यारो पारेको छ । सुशासन सुनिश्चित गर्न अफ्ठ्यारो पारेको छ । अन्योलको स्थिति सिर्जना भएको छ । त्यसलाई महत्वपूर्ण आधार बनाएका छौँ ।

संविधानमा आवश्यक संशोधनका लागि पनि राष्ट्रिय सहमति निर्माण गर्ने र त्यो प्रक्रियालाई अगाडि बढाउने र जुन आर्थिक स्थिति छ, विकास निर्माणमा देखिएको अन्योलको स्थिति छ, त्यसलाई अन्त्य गर्न स्थिर राजनीति, संविधानलाई सामुहिक रुपमा संशोधन गर्ने र सहमति जुटाउने हिसावले अघि बढ्न दुई दलको बीचमा सरकार निर्माण गर्न अघि बढ्ने र आवश्यकताअनुसार अरु दललाई पनि समेट्ने गरी राष्ट्रिय सहमतिको सरकारको नाम दिइएको छ र नेतृत्व ओलीजी र हाम्रो पार्टी सभापति शेरबहादुर देउवाले आलोपालो निर्वाचनसम्म नेतृत्व गर्ने भन्ने आधारमा मोटामोटी समझदारी भएको छ ।’

उहाँले राष्ट्रपति निवासमा सोमवार राति सभापति देउवा र अध्यक्ष ओली पुग्नुभयो भन्नेकुरामा कुनै सत्यता नरहेको र संविधानका सवालमा आयोग बन्ने र ड्राफ्ट नै भइसक्यो भन्नेमा कुनै सत्यता नरहेको जिकिर गर्नुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *