अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा पदभार ग्रहण

न्भेष्टाेपेपर । असार ३१, २०८१

काठमाडौं ।  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गर्नुभएको छ । सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपप्रधान तथा अर्थमन्त्रीको शपथ लिनुभए लगत्तै उहाँले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । 

नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाट विजयी प्रतिनिधि सभा सांसद हुनुहुन्छ । रुपन्देहीबाट पौडेल लगातार चार पटक सांसदमा निर्वाचित हुनुभएको हो ।

२०५१ सालबाट संसदीय यात्रा सुरु गर्नुभएका पौडेल २०५४ सालमा युवा, खेलकुद तथा संस्कृति मन्त्री हुनुभएको थियो । २०६५ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जलस्रोतमन्त्री र झलनाथ खनालको नेतृत्वमा रक्षामन्त्रीको जिम्मेवारी उहाँले पाउनुभयो ।

वि.सं. २०७२ को केपी शर्मा ओलीको नेतृत्व गठित सरकारमा उहाँ अर्थमन्त्री बन्नुभएको थियो । 

पहिलो प्रतिनिधि सभा निर्वाचन २०७९ पश्चात् तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गत पुस ११ गते पौडेल उपप्रधान तथा अर्थमन्त्री नियुक्त हुनुभएको थियो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *