‘आर्थिक विकास यो सरकारको पहिलो प्राथकिमता हो’ मन्त्री सिंह

न्भेष्टाेपेपर । साउन २६, २०८१

काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकास वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । 

बागमती प्रदेशका सामाजिक विकास मन्त्रीमा हरिप्रभा खड्गी श्रेष्ठ र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा सुरजचन्द्र लामिछाने नियुक्त हुनुभएकामा उहाँहरूलाई सम्मान गर्न आज यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुकको सामाजिक–आर्थिक विकासलाई केन्द्रमा राखेर वर्तमान सरकार क्रियाशील रहेको बताउनुभयो ।

राजनीतिकि स्थायित्वका लागि वर्तमान सरकार गठन भएको सुनाउँदै उहाँले जनताले अनुभूत गर्नेगरी विकासका गतिविधि सञ्चालन गर्ने तथा समृद्धिको मार्गमा मुलुकलाई उन्मुख गराउनु यो सरकारको लक्ष्य हो भन्नुभयो । राष्ट्र र जनताका पक्षमा इमानदार भएर कामगर्ने प्रतिबद्धता पनि मन्त्री सिंहले व्यक्त गर्नुभयो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *